Welcome

Welcome to Nepal informatio Page.
I will try to provide you as much as information about Nepal in this page. Please feel free to contact me at any time..

Wednesday, August 17, 2011

नेपाली उखान टुक्काहरु

१ जब पर्यो राती अनी बुढी ताती
२ नाच्न नजान्ने आँगन टेढो
३ ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ
४ जुन जोगी आएनि कानै चिरेको
५ नजाने गाउको बाटो नसोध्नु
६ नपाउनेले केरा पायो बोक्रै सित खायो
७ मेरो गोरुको बार्है टक्का
८ हाती आयो हाती आयो फुस्सा
९ पसुपतिको जात्रा सिद्राको ब्यापार
१० बारह छोरा तेरह नाती बुढाको धोक्रो काधै माथि
११ बच्चा पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले
१२ मर्ने बेलामा हरियो काँक्रो
१३ मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो लाग्नु
१४ अकबरी सुनलाई कसी लाउनु पर्दैन
१५ जो चोर उसैको ठुलो सोर
१६ रात भरी करायो दक्षिणा हरायो
१७ जस्तो लाई त्यस्तै ढिंडलाई निस्तै
१८ भदौमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ
१९ मुखमा राम राम बगलिमा छुरा
२० सुर्यलाई बत्ती देखाउन पर्दैन
२१ जुन गोरुको सिङ छैन उसको नाम तिखे
२२ चिनी पनि धेरै खायो भने तितो हुन्छ
२३ मान्छे हेर्दा केटा केटी कुरा गर्छ जेठी
२४ भैंसीको कानमा बिन बजाएर के गर्नु
२५ खुकुरी भन्दा कर्द लाग्ने
२६ अर्काको आङमा जुम्रा हिंडेको देखने आफ्नो आङमा भैंसी हिंडेको नदेखने
२७ खाई न पाई छालाको टोपी लाई
२८ बाँदरको पुच्छर लौरो न हतियार
२९ बुझ्नेलाई श्रिखण्ड नबुझ्ने लाई खुर्पाको बिड
३० कुकुरको पुच्छर बारह बर्ष सम्म दुंग्रामा राखे पनि बाङगो को बाङगै
३१ बाहुनले च्याउ खावोस न स्वाद पोवोस
३२ चोक्ता खान गएको बुढी झोलमा डुबेर मरी
३३ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात
३४ कानो गोरुलाई औसी न पुर्ने
३५ घाटी हेरी हाड निल्नु
३६ खाने मुखलाई जुँगाले छेक्दैन
३७ खाउ भने दिन भरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार
३८ पैसा देखे पछी महादेबको पनि तीन नेत्र
३९ हगी पनि सक्यो दैलो पनि देख्यो
४० अचानाको पिर खुकुरिले जान्दैन
४१ हाती छिर्यो पुच्छर अड्क्यो
४२ भिर बाट लड्ने गोरु लाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिदैन
४३ अजिङगरको अहारा दैबले जुराउछ
४४ मामाको घोडा मेरो ही ही
४५ सुनारको १०० चोट लोहारको एकै चोट
४६ नमच्चिने पिङग को सय झट्का
४७ ताक परे तिवारी नत्र गोतामे
४८ हिस्स बुढी हरिया दाँत
४९ घांटीमा अड्केको दाँत निल्नु न ओकल्नु
५० कुन्ताकि बुहारी भत्मास खाकि
५१  "जस्ले मह काट्छ, उस्ले हात चाट्छ"
५२ "अगुल्तोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ"
५३ "जती गर्‍यो बराजै गेडा बाहिरै
५४ "अर्थ न वर्थ गोबिन्द गाई" टाउको दुखेको औसधि नाइटोमा लाई"
५५ "बार्ह बर्ष रामायाण पढायो सिता कस्की जोइ "
५७ "भुक्ने कुकुरले तोक्दैन"
५८ गर्जिने मेघ बर्सिदैना
५९ भीरको चिँदो उँधो न उँभो
६० टालेको लुगा रोएको मुख, मागेको मोई खोजेको पोइ
६१ लंकामा सुन छ काँ मेरो बुच्चै
६२ आकाशको फल आँखातरी मार
६३ गैराको घरलाई पैराको डर डाँडाको घरलाई ..डाको डर
६४ त्यसै त कुन दुइ कानमा सुन 
केही आधुनिक रिमिक्स उखान टुक्काहरु
१ न पाउनेले केरा पाको चियामा चोपेर खाको
२ पण्डितको टुप्पी न एन्टिना न एरिएल
३ भन्सारमा सुन छ लिन गए हुन्छ
४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
६ जसले बियर फोर्छ , उसको हात गनाउछ ।
७ नशा भनेको सुर्तीले पनि दिन्छ ।
८ आफ्नै छोरी नखर्माउली टन्नेरीलाई दोष
९ खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
१० १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
११ मनको लद्दु बियर सँग खा
१२ जाडो भयो राती अनी बुढी ताती
१३ जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
१४ जुन नेता आए पनि घुस खान नछाड्ने
१५ कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
Posted by Ramesh 1 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक

No comments:

Post a Comment